काठमाडौं - सरकारको गति र अपेक्षाअनुसार काम गर्न नसक्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल फालिएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो।  

बालेन सरकारले गत बैशाखमा ढकाललाई विभागको जिम्मेवारी दिएको थियो।

 सात महिनाको अवधिमा उनले दीपक भट्टको  समूहको बाहेक अन्य अनुसन्धान गर्न सकेनन्। जसकारण उनलाई उनलाई हटाइएको स्रोत बताउँछ। विभागमा अर्थ मन्त्रालयले नयाँ सहसचिव खटाउनेछ। 

शुक्रबारको सरुवामा पाँच जना सहसचिवहरु अर्थ मन्त्रालयमा भित्रिएका छन्। तारानाथ अधिकारी, पार्वती अर्याल, टेकबहादुर वली, इन्द्रदेव यादब र नीता शर्मा मन्त्रालयमा आएका छन्। उनीहरुमध्येबाट विभागमा खटिने सम्भावना छ।