काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि सुनुवाइ हुने संवैधानिक इजलासबाट बाहिरिएका छन् । 

मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर रिट निवेदकले प्रश्न उठाएपछि उनले आफू इजलासबाट बाहिरिने निर्णय गरेका हुन्। 

शुक्रबार बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश इजलासमा बस्न नहुने बताउँदै संवैधानिक नियुक्तिमा भागबण्डा लिएको आरोप लगाएका थिए । उनले बिदामा बस्नसमेत सुझाएका थिए । 

त्यसपछि बहस गर्न आएका वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र शम्भु थापाले पुन: प्रधानन्यायाधीशको सहभागिताबारे प्रश्न उठाएपछि न्यायाधीशहरू छलफलमा जुटेका थिए । 

अब ती रिटमा पेशी तोक्ने र फैसला हुने दिन प्रधानन्यायाधीश जबरा अनुपस्थित रहने र वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेशी तोक्ने स्रोतले जनाएको छ ।