काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो परम्परागत गुणकारी खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न महत्वपुर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गर्दै कोदोको प्रवर्द्धन र परिकारहरू उपभोग गर्न सबैलाईआग्रह गरेका हुन् ।

उनले फेसबुक मार्फत यस्तो लेखेका छन्-  ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ।’

सिँचाइ बिना नै उत्पादन हुन सक्ने गुणकारी खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।