रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 9
रामेछाप - रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको जिप दुर्घटना भएको छ ।
जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्थलीबाट कालिकादेवी मावि र देउराली माविको लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै गरेको सवारी उक्त गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरेको थियो ।
गाडीमा निर्वाचन सामग्रीसहित १०र११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए ।
प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस