काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा अब फेरिने भएको छ । बुधबार दर्ताको लागि निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम नेकपा एमाले (समाजवादी) अस्वीकृत भएपछि नेपाल पक्ष अर्को नाम जुराउन लागेको हो । 

पार्टीको नाम राख्न माधव नेपालसहित केही नेताहरुबीच अनौपचारिक छलफल भएको छ । अब पार्टीको नयाँ नाम नेकपा एकीकृत ९समाजवादी० राख्नेबारे सो छलफलमा कुरा भएको एक नेताले जानकारी दिए  । 

आयोगले पार्टीको नाम नेकपा एमाले ९समाजवादी० भन्दा फरक राख्न अर्थात् अर्को पार्टीसँग मिल्दोजुल्दो नराख्न भनेपछि नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राख्नेबारे छलफल भएको हो । 

नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी० नाममा पार्टी दर्ता हुने सम्भावना पनि रहेको ती नेताले बताए । सम्भव भए आजै आयोग गएर फेरि निवेदन दिने तयारी छ ।