मेयर बालेन शाहलाई पितृ शोक
खबर एक्सप्रेस
२०८२-०८-१६ ०१:२६ मा प्रकाशित
Total Shares: 50
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृ शोक परेको छ। आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका लागि पुर्याइएका रामनारायण शाहको आज निधन भएको हो।
शाहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको थियो। अस्पताल स्रोतका अनुसार शाहलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन। उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस