काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टापछि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ ५:३० मा बस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीको व्यस्तताका कारण सचिवालय बैठक केही पछि सारिएको थापाले बताए ।

गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि आएको उक्त प्रस्तावले नेताहरु अलमलमा परेका छन् । आज उक्त प्रस्तावबारे थप छलफल हुने बताइएको छ ।