दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी
खबर एक्सप्रेस
२०८२-०६-२० १२:५८ मा प्रकाशित
Total Shares: 83
काठमाडौं - दसैँको दुर्गा पूजाको विषयमा विवाद हुँदा सिरहामा दलित समुदायको घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।
कल्याणपुर नगरपालिका-८ का वडाध्यक्ष रामकिशोर यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माका अनुसार अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दर्ता भएको छ।
उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।
दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो। विवाद भएसँगै ऐलानी जग्गामा रहेको दलित समुदायको ५ वटा घर वडाध्यक्ष यादवको टोलीले भत्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस