नयाँ मन्त्रीले सपथ लिए
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्।
बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीसँग नयाँ नियुक्त भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सपथ लिएका हुन् ।
त्यस्तै घनश्याम भुषालले कृषिमन्त्री, लेखराज भट्टले उद्योग वाणिज्यमन्त्री र रामेश्वर रायले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा सपथ लिएका छन् । तीन राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ खुवाएका छन्।
फेसबुक पेज Like गर्नुहोस