लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित
काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरे । यसै सिजनमा बार्सिलोना आएका उनी च्याम्पियन्स लिगमा तीनवटा फरक टोलीका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले यसअघि बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखका लागि ह्याट्रिक गरेका थिए ।
त्यस्तै खेलमा फ्रान्क केसी र फेरान टोरेसले १/१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए ।
जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । समूहकै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई पराजित गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस