काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मत्थर गराउन शिर्ष नेताहरुले सक्रियता देखाउँदै आएका छन् । तर, विवाद मिल्न भने सकेको छैन । शनिबार बिहानै प्रधानमन्त्री के पी शर्मा ओली प्रचण्डलाई भेट्न उनको निबास खुमलटार पुगेका थिए ।

उनलाई भेटवार्ता चलिरहेकै बखत उपाध्यक्ष बामदेव गौतम पनि पुगेका छन् । स्रोतका अनुसार उक्त छलफलमा सामेल हुन माधव नेपाल पनि प्रचण्ड निबास पुगेका छन् ।

उनीहरुबीच हुने छलफलले पार्टीभित्रको विवाद सल्टाउँछ वा सल्टाउँदैन त्यो भने चासोको विषय बनेको छ ।