मोरङको कटहरीमा खेतमा भेटियो पुरुषको शव, हत्याको आशंका
खबर एक्सप्रेस
२०७९-०२-१५ १०:२६ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - मोरङको कटहरी गाउँपालिका–१ महेशपुरस्थित खेतमा एक जनाको पुरुषको शव फेला परेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो । शवको निधारको भागमा चोट छ । तुलसी शनिबार राति घरबाट निस्किएका थिए । उनको हत्या गरेर फालेको हुनसक्ने प्रहरीको आशंका छ ।
हाल प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याउने तयारी भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस