काठमाडौं - भारतमा मात्रै हैन, नेपालमा समेत उत्तिकै चर्चा कमाउन सफल कमेडी शो ‘द कपिल शर्मा शो’ पुन: टेलिभिजनमा आउने भएको छ। 

यही बिहीबारदेखि नयाँ एपिसोडहरु प्रर्दशन हुन लागेको एक  प्रोमोमार्फत् जानकारी दिइएको हो। दोस्रो सिजनदेखि ‘द कपिल शर्मा शो’मा जोडिएका कृष्णा अभिषेकले सामाजिक सञ्जालमा प्रोमो पोष्ट गरेका हुन्।

प्रोमोमा कलाकारहरुले जर्वरजस्ती ‘इन्ट्री’ मारेको देख्न सकिन्छ। प्रोमोमा कपिल शर्मा, कृष्णा अभिषेक, अर्चना पुरन सिंह, कीकु शारदा, चन्दन प्रभाकर, सुदेश लहारी र भारती सिंहलाई देख्न सकिन्छ।