स्याङ्जाकाे वालिङमा जिप दुर्घटना, ५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०१-०४ ११:४६ मा प्रकाशित
Total Shares: 353
काठमाडौं - स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा ग १ ज ७३९९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हालसम्म मृतकको सनाखत हुन सकेको छैन । जीपमा १३ जना सवार रहेको र केहीकाे अवस्था गम्भिर रहेकाेले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । गम्भीर अवस्थामा रहेका दुईजनालाई भने स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी कास्कीको गण्डकी अस्पताल रेफर गरिएको छ । जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस