मतदानका लागि घर हिँडेका युवा मृतावस्थामा फेला
खबर एक्सप्रेस
२०७९-०१-२९ ०१:५१ मा प्रकाशित
Total Shares: 218
काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन् ।
बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् । जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए ।
बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस