फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई
काठमाडौं - फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्कृय बनाएको हो।
फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्। निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट नभएको सोही ग्रुपको पेजमा उल्लेख गरिएको छ।
सो ग्रुपमा सुरुमा युवाका सरोकार र रमाइला प्रसंगको बारेमा पोस्ट हुने गरेको थियो। तर, पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो ग्रुपका संचालकले अनुमान गरेका छन्।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो। कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने अनुमान गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस