कारोबारको दुई घण्टामा १४ अंक बढ्यो नेप्से
खबर एक्सप्रेस
२०७७-०३-२२ ०१:२४ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - सोमबार कारोबारको दुई घण्टा अवधिसम्ममा नेप्से परिसूचक १४.०९ अंक बढेर एक हजार २७९.५५ विन्दुमा पुगेको छ। बजार खुलेको करिब १ घण्टासम्म नकारात्मक रहेको नेप्से, १२ बजेपछि बढ्न थालेको हो।
सो अवधिसम्ममा स्वदेशी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य ७९ रुपैयाँ बढेर ८७३ रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सो अवधिसम्ममा ९.७५ प्रतिशत बढेको छ।
१ बजेसम्ममा १६० कम्पनीको ९ हजार ९८ पटकको कारोबारमा ३७ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको ९ लाख ८४ हजार कित्ता शेयर खदिरबिक्री भएको छ।
फेसबुक पेज Like गर्नुहोस