काठमाडौं, एजेन्सी - गएराति भएको च्याम्पियन्स लिगमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोलले पराजित गर्दै सानदार जित हात पारेको छ । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे भने रोबर्टो फिरमिन्होले दुई गोल गरे ।

त्यस्तै डार्विन नुनेज र हार्भे इलियटले एकएक गोल गरे । रेन्जर्सका लागि  स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि भने लिभरपुलले खेलमा सानदार कमव्याक गरेको थियो ।

लिभरपुलका लागि रोबर्टो फिरमिन्होले २४ औं मिनेटमा बराबरी गोल फर्काए । यस सिजन फर्ममा देखिएका उनले खेलको ५५ औं मिनेटमा दोस्रो गोल गरे ।  खेलको ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गरे ।  त्यसपछि खेलमा चम्किए सलाह । उनले खेलको ७६,८० र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

योसँगै पाँच मिनेटभित्र च्याम्पियन्स लिगमा  कम समयमा  ह्याट्रिक पूरा गर्ने खेलाडी बने ।

खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गरे ।  सानदार जित निकालेको लिभरपुल ४ खेलबाट ९ अंक जोड्दै समुह ए को दोस्रो स्थानमा रहेको छ । ।रेन्जर्स अंक विहीन रहदै चौथो स्थानमा रहेको छ ।