पर्सा - धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा वीरगन्जबाट तीन जनालाई पक्राउ गरिएको छ ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा सञ्चालन गरिरहेको छ ।

सोही सर्च अभियानका क्रममा गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट उनीहरु सुतली बमसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव छन् ।

उनीहरूको साथबाट नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा र मासु बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।