बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०३-०८ ११:३८ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगबार प्रतितोलामा ६ सय रुपैंयाँ बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस