काठमाडौं-धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र यादव अर्को घरमा सुतेका थिए । घरको विद्युत लाइन काटेर हत्या गरिएको बताइएको छ । प्रहरी हाल घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।