काठमाडौं-सुन तस्करी प्रकरणमा सर्बाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याईएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको जनाईएको छ ।