काठमाडौं - वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको सोमबार बिहान निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण भएर मुक्त भई आराम गरिरहेका उनको अचानक छातीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

वि.सं २०१३ सालबाट रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थापाकाे ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’ लगायतका एल्बम बजारमा आएका छन् । उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।

थापाका एक छोरा र तीन छोरी रहेका छन् ।