काठमाडौंको कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
खबर एक्सप्रेस
२०७९-०२-१० ०५:५४ मा प्रकाशित
Total Shares: 501
काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस