जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द, लकडाउनकाे जिम्मा मन्त्रिपरिषदलाई
खबर एक्सप्रेस
२०७७-०१-१३ ०३:११ मा प्रकाशित
Total Shares: 382
काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आगामी जेठ २ गतेसम्म आन्तरिक र बाह्य दुवैतर्फका उडान रोक्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
यस्तै, सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ । सरकारले थप गरेको लकडाउनको अवधि साेमबार सकिँदैछ ।
फेसबुक पेज Like गर्नुहोस