कोरोनाबाट भेरी अस्पतालमा २५ वर्षीया युवतीको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-१६ ०८:२० मा प्रकाशित
Total Shares: 274
काठमाडौं - यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ।अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन्। भदौ ३० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो।
त्यसैदिन उनलाई भेरी अस्पताल भर्ना गरिएको थियो रेमडेसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस