सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं - दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै अदालतले रिहा गर्न निर्देशन दिएको हो।
प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसयता अदालतबाट पटक–पटक म्याद थप गर्दै उनलाई थुनामा राखिँदै आएको थियो।
प्रहरीका अनुसार उनीमाथि अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप लगाइएको थियो।
उनको रिहाइका लागि उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीका नाममा आदेश जारी गरेको हो।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनको रिहाइ प्रक्रिया अघि बढेको छ।
प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान’का संयोजकसमेत हुन्। पछिल्लो समय उनी हिन्दुराज्य तथा राजसंस्था पुनर्स्थापनाको पक्षमा सार्वजनिक रूपमा अभियान चलाउँदै आएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस