सिन्धुली- सिन्धुलीमा एकै परिवारका १६ जना एकै पटक वेपत्ता हुँदा खोज्न समस्या भइरहेको छ ।

गोलन्जोर गाउँपालिका-६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार घटना रहस्यात्मक देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठ बताए ।

घटनास्थलमा रहेका वडाध्यक्ष श्रेष्ठले भने- ‘उर्मिला माझीको श्रीमान् गत वर्ष बित्नुभएको थियो । उहाँको जेठो छोरा वैदेशिक रोजगारीबाट हालैमात्र घर फर्किएको मैले थाहा पाएँ । चार दिनअघि सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता हायु परिवारले ८ लाख रूपैयाँभन्दा बढी रकम एकमुष्ट बैंकबाट बुझेका थिए ।’

उनीहरुको खोजिकार्य भइरहेको बताउँदै वडाध्यक्ष श्रेष्ठले भनेका छन् – ‘सहकारीमा अलिकति ऋण थियो भन्ने सुनिन्छ । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् । सुँगरको मासु २ धार्नी जति अँगेनाकै छेउमा रहेछ । केही प्लान गरेर हिँडेका हुन् वा कुनै विपत्ति आएको हो भन्ने अहिले नै भन्न सकिएन ।’