सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट
खबर एक्सप्रेस
२०८२-१२-२६ ०७:३० मा प्रकाशित
Total Shares: 28
काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्यालसंग भेट गरेका छन् ।
बिहीबार भएको भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
यसैगरी भेटमा संघीय संसद्का दुवै सदनको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आपसी छलफल भएको जनाइएको छ।
साथै संसदीय अभ्यासलाई सुदृढ बनाउने र आगामी कार्यसूचीलाई सहजीकरण गर्ने सन्दर्भमा दुवै पदाधिकारीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको बताइएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस