काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न ६ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको  छ ।

विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । 

सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

 गोरखापत्र दैनिकबाट