काठमाडौं - बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् । बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उनले दिएका हुन् । 

बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुगका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो । गोरखापत्रबाट