काठमाडौं - प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन दिएको हो । ३५ लाख कित्तामध्ये १४ लाख कित्ता सर्वसाधारणलाई र २१ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको छ । सो ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।

धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकको ऋणपत्र जारी हुने छ ।