नेकपा सचिवालय बैठक स्थगित
खबर एक्सप्रेस
२०७७-०२-२७ १२:५७ मा प्रकाशित
Total Shares: 2229
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ ।
मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित नबस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए ।
गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो ।
आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल हुने तयारी थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस