नेकपा एमाले कार्यदलकाे बैठक फेरि स्थगित
खबर एक्सप्रेस
२०७८-०२-०६ ०५:२१ मा प्रकाशित
Total Shares: 498
काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक फेरि सरेको छ ।
बिहिबार बेलुका ५ बजेका लागि बोलाइएको बैठक समय अभावको कारण सारिएको कार्यदलका एक सदस्यले जानकारी दिए । अब शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।
यसअघि बुधबार साँझ ७ बजेलाई तय भएको बैठक अन्तिम समयमा स्थगित भएर बिहिबारको लागि बोलाइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस