कोरोना उच्चस्तरीय समन्वय समितिको बैठक जारी, मन्त्रीपरिषद् बैठक २ बजेपछि
खबर एक्सप्रेस
२०७७-०२-०२ ०१:४० मा प्रकाशित
Total Shares: 482
काठमाडौं - कोरोना रोकथामका लागि देशभर जारी लकडाउनलाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ।
शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा लकडाउनलाई थप प्रभावकारी बनाउनेबारे छलफल हुने स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रमलाई बारे छलफल गर्न बैठक बोलाइएको हो ।
शुक्रबार बिहान मात्र नेकपाको सचिवालय बैठक बसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस