काठमाडौं - अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । आइतबार दिउँसो विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ ।

तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुलसमेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको जनाइएको छ ।