काठमाडौ - नेपाल बैंकले गोंगबुमा शाखा विस्तार गरेको छ । यो बैंकको २२८औं शाखा हो । उक्त शाखा टोखा नगरपालिका वडा नं. ९ गोंगबुमा स्थापना गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन्। 

उक्त समाहरोह नेपाल बैंक, गोंगबु शाखाका शाखा प्रवन्धक दिपा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, मुख्य प्रवन्धक लेखनाथ भुषाल तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, व्यापारी, ग्राहक तथा सर्वसाधरणको उपस्थिती रहेको बैंकले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथी अधिकारीले स्थानीय जनता तथा संघ संस्थाको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा विस्तार गरेको बताए । टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी बैंक आएको उनको भनाइ थियो । 

टोखा न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरेले स्थानीय स्तरमा बैंकको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । नेपालभर २२८ शाखा, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पु¥याइरहेको पनि बैंकले जनाएको छ ।