एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट मुद्दती खाता खोल्न सकिने
काठमाडौ - एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ।
डिजिटल बैंकिङ्गको प्रवर्द्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिइ सहज बैंकिङ्गको प्रत्याभूति गराउन यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन्।
मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहन स्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्नसक्ने बैंकले विश्वास लिएको छ।
बैंकको मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
फेसबुक पेज Like गर्नुहोस