काठमाडौं - गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छन् । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी राउतलार्ई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो ।
राउतलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएको थियो । तर राउत मंगलबार रिहा भएकी हुन् ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा राउतविरूद्ध ५ गते पक्राउ पूर्जी जारी भएको थियो । तर राउत आज सोमबार आफैं प्रहरीलाई अनुसन्धानको लागि सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन् ।

.gif)


