काठमाडौं -  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुईदिन भित्रै स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बिहीबार अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताउँदै प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि एक दुई दिनभित्र बैठक बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको पनि बताएका छन् । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बुधबार बसेको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि आज बोलाइएको बैठक नेकपाले स्थगित गरेको थियो ।

अध्यक्ष प्रचण्डले आजै संसद सभाहलको अनुगमन पनि गरेका छन् ।