उखु किसानको आन्दोलन काठमाडौंमा, करोडौं रकम नपाएको दावी
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 463
काठमाडौं - भुक्तानीका लागि जिल्लामा पटक पटक आन्दोलन गरेका उखु किसानले त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौं केन्द्रित गरेका छन् ।
उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान शुक्रवारदेखि माइतीघर मण्डलामा प्रदर्शन तथा धर्ना बसेका छन् ।
सर्लाहीका अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानको बक्यौता रकम नदिएको दावी किसानले गरेका छन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस