काठमाडौं - विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई निर्मम उपहारको रुपमा मध्यावधी निर्वाचन दिइएको बताएका छन् ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधी निर्वाचन घोषणा गरेपछि प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । 

यस्तै प्रवक्ता शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमलाई इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्रीको अधिनायकवादको हाइवेको भ्रमको संज्ञा समेत दिएका छन् ।