बिहेको भोलिपल्टै श्रीमतीको हत्या, शवको दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर
काठमाडौं - धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् ।
गत मंसिर ९ गते धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए ।मकावनपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा लुकाएको खुलेको हो ।
शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ ।मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि अर्जुनलाई सोघखोज गरेका थिए । उनले माइतीघर गएको भनेर टारेका थिए ।
केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको रु’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिएका थिए । वरिपरि कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे ।
गाउँलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए । प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति घाँटी थिचेर हत्या गरेका हुन् । प्रहरीले अर्जुनसहित उनका काका छवि र आफन्त इन्द्रबहादुरलाई पक्राउ गरेको छ ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस