काठमाडौंं,एजेन्सी-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । देश छाड्न प्रतिबन्ध लगाइएकाहरुमा पीटीआइका अरु ८० जना नेताहरु पनि रहेको जनाइएको छ ।

पछिल्लो पटक सरकारले खानसहित झण्डै ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि प्रति आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

यही मे को सुरुमा पाकिस्तान सरकारले खानलाई पक्राउ गरेपनि देशभर भड्किएको हिंसामा करिव १० जनाको मृत्यु भएको थियो ।