महिला लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार बिहान संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँट भएको हो ।
गोलाप्रथाबाट गरिएको आईपीओ ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका छन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरू खाली हात फर्किएका छन् ।
गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको थियो ।
नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सकिने भएको छ ।
फेसबुक पेज Like गर्नुहोस