वीरगन्ज - चिकित्सकमाथि भएको कुटपिटको विरोधमा वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्।
दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन्।
अस्पताल स्रोतका अनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ४० जनाले राजीनामा बुझाइसकेका छन्।
३० जनाले भने सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट समक्ष राजीनामा बुझाएका थिए ।
राजीनामा दिने तयारीसहित बाँकी चिकित्सकको पनि हस्ताक्षर संकलन भइरहेको छ ।
असार ९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा ४५ वर्षीय राजकुमार पटेल मुटुसम्बन्धी समस्याका कारण भर्ना भएका थिए। उनलाई कार्डियाक अरेस्ट भएपछि चिकित्सकले सीपीआरसहित आवश्यक उपचार गरे पनि बचाउन नसक्दा उनको मृत्यु भएको थियो।

.gif)


