काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।

सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। 

छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको छ।

जसअनुसार चाँदीको मूल्य आज प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ। 

यसअघि अघिल्लो दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ कारोबार भएको थियो ।