काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । साथै, भारतसँग रहेको संवादहीनता अन्त्य भएको उनले दाबी गरेका छन्।

'सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,' उनले भने, 'उहाँ रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो।'

उनले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए ।