काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । 

न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।