नेपाल राष्ट्र बैँकले २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गर्दै
खबर एक्सप्रेस
२०७७-०४-१५ ११:३० मा प्रकाशित
Total Shares: 393
काठमाडौं - नेपाल राष्ट्र बैँकले श्रावण ८ गते २० अर्ब बराबरको रिर्भस रिपो जारी गरेकोमा आज परिपक्व भएको छ । त्यस्तै आज राष्ट्र बैँकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ ।
बैँकले एक सुचनामार्फत आज (श्रावण १५ गते बिहीबार) उक्त परिणामको रिपो बोलकबोलमार्फत जारी गर्न लागेको हो । उक्त रिपो १ हप्तापश्चात परिपक्व हुनेछ ।
सातदिनको अवधिको लागि बोलकबोल गरिएको उक्त रिपोमा वाणिज्य बैँक, विकास बैँक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहाने बैँक तथा वित्तीय संस्थाहरुले दिउसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस